सेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा
काठमाडौँँ ।
कोभिड १९ को कारणले गर्दा बैंकका सेवाग्राहीहरूलाई पर्न गएको विभिन्न बैंकिङ समस्याको समाधानको निम्ति सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयासस्वरूप ग्राहकवर्गहरूको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लिक एकाउन्ट भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ ।
ग्राहकहरूले घरमै बसेर शून्य मौज्दातमा खोलिने उक्त खाताहरूमा बैंकले वार्षिक ५ दशमलव ५० प्रतिशतको दरले त्रैमासिकरूपमा ब्याज भुक्तानी गर्नेछ । बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरू डिजिटल्ली खुल्ने र ग्राहकहरू बैंकमा उपस्थित हुननपर्ने हुँदा डिजिटल्ली बैंकिङलाई प्राथमिकता दिँदै उक्त बचत खाताहरूमा प्रवर्द्धनको निम्ति बढी ब्याजदर दिइएको हो ।
सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेञ्चुरी पेमार्र्फत वालेटको कारोबार समेत गर्न सकिनेछ । यस नयाँ सेवामार्फत ग्राहकवर्गहरूले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन पाँच हजार रुपैयाँबराबरको नगदरहित कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक एक लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ ।
सेञ्चुरी क्लिक एकाउन्टमा नयाँ ग्राहकले अनलाइनबाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक १५ लाख रुपैयाँसम्म कारोबार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई लक्षित गरी बैंकले यो खाता सञ्चालनमा ल्याएको हो । उक्त खाताहरू खोल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइलमावा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र सञ्चालन गर्न सकिनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया