सेयर बजार परिसूचक १७ सय ८२ अंकमा
काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार नै बजार परिसूचक चार दशमलव ६९ अंकले उकालो लागेर १७ सय ८२ दशमलव ८१ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन दुई अंकले उकालो लागेर तीन सय ४५ दशमलव सात अंकमा चढेको छ । यसदिन कुल दुई सय एक कम्पनीहरूको सेयर कारोबार भएका छन् । ती कम्पनीहरूको ६३ हजार पाँच सय ७० पटकको कारोबारमा एक करोड ६० लाख ३४ हजार सात सय १७ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुुँदा कारोबार रकम बढेर एकै दिन छ अर्ब ९० करोड ६७ लाख २८ हजार तीन सय १५ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएकोमा नौवटा समूहको सूचक ओरालो लागेका छन् भने तीनवटाको उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २९ दशमलव ४४ अंकले उकालो लागेर १३ सय ५१ दशमलव ९२ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि १३ दशमलव ४६ अंकले उकालो लागेर दुई हजार एक सय १२ दशमलव ३८ अंकमा चढेको छ । यसैगरी अन्य समूहको सूचक पनि एक दशमलव ३५ अंकले उकालो लागेर १३ सय ७२ दशमलव चार अंकमा चढेको छ ।
निर्जीवन बीमा समूहको सूचक भने यसदिन दुई सय ४३ दशमलव १४ अंकले ओरालो लागेर नौ हजार तीन सय ६७ दशमलव ४९ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि दुई सय ७८ दशमलव ८१ अंकले ओरालो लागेर १० हजार आठ सय ४८ दशमलव पाँच अंकमा झरेको छ । यसैगरी जलविद्युत् समूहको सूचक पनि २१ दशमलव ४३ अंकले ओरालो लागेर १४ सय २६ दशमलव ६४ अंकमा झरेकोमा लघुवित्त समूहको सूचक पनि चार दशमलव ८८ अंकले ओरालो लागेर दुई हजार सात सय ६४ दशमलव ३० अंकमा झरेको छ । यीबाहेक टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक सय २४ दशमलव ७७, ८४ दशमलव ४९, चार दशमलव १७, ८९ दशमलव २९ र शून्य दशमलव २७ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सिटिजन्स म्युुचअल फण्ड २ को प्रतियुनिट सेयर मूल्य १० प्रतिशतले बढेर नौ रुपैयाँ ९० पैसामा किनबेच भएको छ । दोस्रो स्थानमा परेको जानकी फाइनान्सको सेयर मूल्य पनि नौ दशमलव २१ प्रतिशतले बढेर दुई सय ४९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक प्रभु बैंक, नबिल बैंक आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको माउन्टेन हाइड्रोनेपाल लिमिटेडको सेयर मूल्य आठ दशमलव ९३ पैसाले घटेर दुई सय चार रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरको प्रतिकित्ता मूल्य पनि सात दशमलव १५ प्रतिशतले घटेर १४ हजार आठ सय ५१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेड, पोखरा फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता ११ सय ३८ रुपैयाँ अन्तिम मूल्यमा ५७ करोड ९१ लाख १९ हजार दुुई सय ६८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता १६ सय ३५ रुपैयाँ अन्तिम मूल्यमा २९ करोड ५६ लाख ८८ हजार पाँच सय ८८ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल टेलिकम, नेपाल बैंक, प्रभु बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया