Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंक र टेस्ला डाएग्नोस्टिक क्लिनिकबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र टेस्ला डाएग्नोस्टिक क्लिनिकबीच सम्झौता


काठमाडौं, पुस १५
मुक्तिनाथ विकास बैंक लिमिटेड र टेस्ला डाएग्नोस्टिक क्लिनिक, बालुवाटारबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई क्लिनिकको तोकिएका शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको हो । सम्झौतामा टेस्ला डाएग्नोस्टिक क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठ तथा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकको भिसा डेबिट कार्डवाहक ग्राहकहरूले टेस्ला डाएग्नोस्टिक क्लिनिक, बालुवाटारमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरूमा १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले हाल ४२ जिल्लामा एक सय ३४ वटा शाखाहरूमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवाहरू पनि प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी गुरुङले जानकारी दिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x