Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो सम्मान

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो सम्मान


काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सम्मानपत्र प्राप्त गरेको छ । आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा आयोजित नवौं राष्ट्रिय कर दिवस २०७७ विशेष कार्यक्रममा उक्त कार्यालयले आफ्नो क्षेत्राधिकारका करदाता मध्ये आ.व.२०७६/७७ मा सबैभन्दा बढी आयकर बुझाएवापत नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई सम्मान–पत्रप्रदान गरी कदर गरेको हो । उक्त सम्मान–पत्रआन्तरीक राजस्व कार्यालय नयाँ बानेश्वरका प्रमुख कर अधिकृत नरेन्द्र प्रकाश पाण्डेयले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

आईतबार आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा आयोजित ‘नवौं राष्ट्रिय कर दिवस २०७७’ विशेष कार्यक्रममा उक्त कार्यालयले बैंकलाई उक्त सम्मानपत्र प्रदान गरेको हो । दीर्घकालीन स्रोत संकलनमार्फत देशको पूर्वाधार विकासका परियोजनाहरूमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकले गत मंसिर ३ गते दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरी नियमनकारी निकायको स्वीकृतिपश्चात् निष्काशन हुनेगरी जारी पुँजीको ४० प्रतिशतले हुने जम्मा आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरिसकेको जानकारी बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया