सनराइज बैंकको लाभांश घोषणा
काठमाडौं ।
सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजी आठ अर्ब ९६ करोड ७८ लाख ११ हजार तीन सय ४६ रुपैयाँ १० पैसामध्येबाट आठ दशमलव २८ प्रतिशत अर्थात् ७४ करोड ३५ लाख ३४ हजार सात सय ८६ रुपैयाँ ९१ पैसाबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको आइतबार भर्चुुअलरूपमा बसेको सञ्चालक समितिको तीन सय ५९औं बैठकले लाभांश वितरणसम्बन्धी निर्णय गरेको हो ।
घोषणा गरिएको कुल लाभांशमध्येमा पाँच दशमलव ८० प्रतिशत अर्थात् ५२ करोड एक लाख ३३ हजार ६३ रुपैयाँ २९ पैसाको बोनस सेयर र दुई दशमलव ४८ प्रतिशत अर्थात् २२ करोड २४ लाख एक हजार सात सय २३ रुपैयाँ ६२ पैसाबराबरको नगद लाभांश रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात् कार्यान्वयनमा आउने बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया