सेयर बजार परिसूचक १८ सय अंक माथि
काठमाडौं ।
सेयर बजार परिसूचक १८ सय अंकमाथि चढेको छ । साताको सुरुवाती कारोबार दिनदेखि लगातार उकालो लागेको सेयर बजार परिसूचक साताको तेस्रो कारोबार दिन २९ दशमलव ६८ अंकले उकालो लागेर १८ सय १० दशमलव ११ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४२ अंकले उकालो लागेर तीन सय ४९ दशमलव ३७ अंकमा चढेको छ । यसदिन कुुल एक सय ९६ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसबाट ४९ हजार सात सय ८३ पटकको कारोबारमा एक करोड १७ लाख ४८ हजार पाँच सय २० कित्ता सेयर किनबेच भएका छन् । सोही आधारमा यसदिन कुुल कारोबार रकम पाँच अर्ब ४४ करोड २९ लाख ५० हजार एक सय ८९ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये होटल समूहको सूचक ३४ दशमलव ९२ अंकले ओरालो लागेर २०७५ दशमलव ८७ अंकमा झरेकोमा बाँकी समूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ४४ अंकले उकालो लागेर १३ सय ५९ दशमलव ४१ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि १२ दशमलव ८६ अंकले उकालो लागेर २१ सय २३ दशमलव ४४ अंकमा चढेको छ ।
यसैगरी जलविद्युत् समूहको सूचक पनि २१ दशमलव ३२ अंकले उकालो लागेर १४ सय ४६ दशमलव २१ अंकमा चढेकोमा लघुवित्त समूहको सूचक पनि २५ दशमलव ५९ अंकले उकालो लागेर २७ सय ६८ दशमलव ९८ अंकमा चढेकोे छ । निर्जीवन बीमा समूहको सूचक पनि तीन सय २७ दशमलव ५१ अंकले उकालो लागेर नौ हजार पाँच सय ६९ दशमलव तीन अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि दुई सय ४८ दशमलव ५२ अंकले उकालो लागेर १० हजार नौ सय १४ दशमलव १७ अंकमा चढेको छ । यीबाहेक टे«डिङ, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक सय ७२ दशमलव ६३, छ दशमलव २३, दुुई सय २७ दशमलव १२, ६१ दशमलव ५१ र शून्य दशमलव एक अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको बोर्टलस नेपाल तराई लिमिटेडको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर १० हजार चार सय रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालिको सेयर मूल्य पनि नौ दशमलव ९८ प्रतिशतले बढेर तीन हजार चार सय २६ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक विशाल बजार कम्पनी, मल्टीपर्पस फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सोल्टी होटल लिमिटेडको सेयर मूल्य तीन दशमलव २० प्रतिशतले घटेर दुई सय १२ रुपैयाँमा किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि तीन दशमलव सात प्रतिशतले घटेर एक सय ५८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक जानकी फाइनान्स, अपी पावर लिमिटेड आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एनआईसी एसिया बैंकको प्रतिकित्ता छ सय ९७ रुपैयाँ अन्तिम मूल्यमा ३७ करोड ३३ लाख ८६ हजार पाँच सय पाँच रुपैयाँको सेयर किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको नेपाल टेलिकमको प्रतिकित्ता नौ सय ९४ रुपैयाँ अन्तिम मूल्यमा २८ करोड ५१ लाख १७ हजार एक सय ८८ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिष्ट्रिलरी प्रालि आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया