प्रोग्रेसिभ फाइनान्सका थप दुई नयाँ शाखा
काठमाडौं ।
प्रोग्रेशिभ फाइनान्स लिमिटेडले थप दुईवटा शाखा विस्तार गरेको छ । फाइनान्सले प्रदेश नं १ को इटहरी उपमहानगरपालिका वडा नं ६ तथा वाग्मती प्रदेशको भरतपुर महानगरपालिका वडा नं ३ मा एक एक गरी दुईवटा शाखाहरू विस्तार गरेको हो । फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरू उक्त नयाँ शाखाहरूबाट समेत प्रवाह जानकारी फाइनान्सले दिएको छ । देशका प्रमुख शहरहरूमा शाखा स्थापना गरी सरल तथा सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप यो शाखा कार्यालय स्थापना गरिएको हो ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले कोभिड १९को महामारीका बीच स्थापना गरिएको नयाँ शाखाहरूले इटहरी तथा भरतपुरका नगर क्षेत्रसहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरूमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमै गई उच्चतम प्रविधि उपयोग गरी वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, कनेक्ट आइपीएस, सी आस्वालगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैकिङ सेवाहरूको उपलब्धता रहेको यस फाइनान्सले छिटै शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । कुल ८० करोड एक लाख चुक्ता पुँजी रहेको फाइनान्सको दुईवटा शाखा कार्यालयहरू थप भएपछि १० वटा शाखा तथा चार वटा एक्सटेन्सन कार्यालयहरू मार्फत वित्तीय सेवा तथा सुविधाहरू प्रवाह हुुने फाइनान्सले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया