Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम लाइफको पहिलो त्रैमासको नाफा २१ प्रतिशतले बढ्यो

प्राइम लाइफको पहिलो त्रैमासको नाफा २१ प्रतिशतले बढ्यो


काठमाडौं ।
मुलुकमा नेतृत्वदायी जीवन बिमा कम्पनीमध्येको एक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ४७ प्रतिशतले खुद नाफा बढाएको छ । कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीले १२ करोड सात लाख ७४ हनार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा दुई करोड पाँच लाख १९ हजार रुपैयाँले बढी हो ।

कम्पनीको यस अवधिको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको १९ रुपैयाँ ९७ पैसाबाट बढेर २१ रुपैयाँ ३९ पैसा पुगेको छ । यस अवधिमा कम्पनीको कुल बीमाशुल्क एक अर्ब १० अर्ब ७ करोड ७४ लाख ८० हजार नाघेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४० दशमलव ७२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को पहिलो त्रैमाससम्ममा कम्पनीको बीमाशुल्क ७६ करोड ५६ लाख रहेकोमा त्यसयता ३१ करोड १७ लाख ९६ हजार रुपैयाँले बढेको हो ।

गत असोजसम्ममा कम्पनीको जीवन बिमा कोष १२ अर्ब ३७ करोड ४२ लाख छ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा प्राइम लाइफको जीवन बिमा कोष नौ अर्ब ५१ करोड सात लाख ८५ हजार रुपैयाँबराबर थियो । जीवन बीमा कोषमा भएको वृद्धि ३० दशमलव ११ प्रतिशत तथा रकमका हिसाबले दुुई अर्ब ८६ करोड ३४ लाख २१ हजार रुपैयाँले बढी हो ।

कम्पनीको कुल लगानी २४ दशमलव ४१ प्रतिशतले बढेर १४ अर्ब १२ करोड ४४ लाख ९२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्राइम लाइफको कुल लगानी ११ अर्ब ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ थियो । कम्पनीको खुद सम्पत्ति चार दशमलव २१ प्रतिशतले बढेर तीन अर्ब ३० करोड ६१ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष यो तीन अर्ब १७ करोड २५ लाख ५१ हजार बराबर थियो । उत्साहजनक प्रगति हासिल गरिरहेको यो कम्पनीले आफ्नो कारोबारको पुनर्बीमा विश्वप्रसिद्ध रिइन्स्योरेन्स कम्पनी ह्यानोभर रीसँग गराएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया