Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायन्स लाइफको तेस्रो वार्षिक उत्सवका अवसरमा रक्तदान

रिलायन्स लाइफको तेस्रो वार्षिक उत्सवका अवसरमा रक्तदान


काठमाडौं ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । कम्पनीको कर्पोरेट कार्यालयसहित देशभर रहेको क्षेत्रीय कार्यालय र शाखा/उपशाखा गरी ११ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा तीन सय ७९ जनाले रक्तदान गरेका थिए ।

हाल कोभिड—१९ बाट उत्पन्न विषम परिस्थितिमा चरम रक्त अभावलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको सु–अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत सो रक्तदान कार्यक्रम देशभर सञ्चालन गरेको हो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक, सेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको राम्रो उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया