Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी लघुुवित्तले २० प्रतिशत लाभांश दिने

एनएमबी लघुुवित्तले २० प्रतिशत लाभांश दिने


काठमाडौं ।
एनएमबी लघुुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ४५ करोड ३६ लाख १७ हजार पाँच सय रुपैयाँमध्येबाट २० प्रतिशतको अनुुपातमा बोनस सेयर र नगद सहित नौ करोड सात लाख २३ हजार पाँच सय रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संंस्थाको यही मंसिर नौ गते बसेको सञ्चालक समितिको एक सय आठौं बैठकले लाभांश वितरणसम्बन्धी निर्णय गरेको हो । उक्त लाभांशमध्येमा १९ प्रतिशत अर्थात् आठ करोड ६१ लाख ८७ हजार तीन सय २५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक प्रतिशत अर्थात् ४५ लाख ३६ हजार एक सय ७५ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया