Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया लघुवित्त सम्मानित

एनआईसी एसिया लघुवित्त सम्मानित


काठमाडौं ।
एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । जाजरकोटमा २०७७/०८/०७ मा आयोजित एक कार्यक्रमका बीच एनआईसी एसिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा. रामप्रसाद मैनालीले सम्मानीत गरेका हुुन् । जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रीय कार्यालय रहेर पनि देशभर व्यावसायिक सेवा सुविधा प्रदान गरिरहेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वोत्कृष्ट आयकर सहभागिता जनाई उत्कृष्ट भएको हो ।

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा केन्द्रीय कार्यालय स्थापना गरी देशैभरि शाखा सञ्चालन विस्तार गरी छोटो अवधिमा नै सरकारप्रतिको दायित्वमा आयकरमार्फत उत्कृष्ट योगदान गर्न सफल भएकोमा एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड गौरवान्भित भएको छ । संस्थाले हालसम्म संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करीव ११ लाख र आयकर अन्तर्गत करीव आठ करोड ४६ लाख गरि राजस्वमा जम्मा आठ करोड ५७ लाख रुपैयाँ योगदान गरेको छ । दुर्गम स्थानबाट सेवा प्रदान गरी यति धेरै योगदान राजश्वमा गर्न सकिएकोमा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. गौरवान्वित भएको छ ।

संस्थाले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्थाप्रतिको भरोसासहित हाल एक सय २० शाखा कार्यालयहरूबाट करिव ४७ हजार सदस्यहरूसहित करिब ३६ हजार कर्जा सेवाग्राहीहरूको सहयात्रीको रूपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । साथीसँगै सबल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोकजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरूमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया