सेयर बजार परिसूचक १९ सय अंकको नजिक
काठमाडौं ।
सेयर बजार परिसूचक १९ सय अंकको नजिक पुुगेको छ । साताको पहिलो कारोबार दिनदेखि लगातार बढ्न थालेको बजा परिसूचक साताको अन्तिम कारोबार दिन बिहिबार पनि १८ दशमलव ४३ अंकले उकालो लागेर १८ सय ९३ दशमलव २४ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ८५ अंकले उकालो लागेर तीन सय ६५ दशमलव १८ अंकमा चढेको छ । यसदिन कुुल दुुई सय एउटा कम्पनीहरूको कारोबार भएको छ । जसबाट ७० हजार तीन पटकको कारोबारमा एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर खरिद भएका छन् । सोही आधारमा यसदिन कारोबार रकमले हालसम्म कै उच्च हुुन पुुगेको छ । यसदिन कुुल सात अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये पाँचवटा समूहको सूचक उकालो लागेका छन् भने सातवटा समूहको सूचक ओरालो लागेका छन् । यसदिन वाणिज्य बैंक समूहको सूचक ३७ दशमलव ७६ अंकले उकालो लागेर १४ सय ३७ दशमलव ५६ अंकमा चढेकोमा जलविद्युुत् समूहको सूचक पनि छ दशमलव ८२ अंकले उकालो लागेर १४ सय ७७ दशमलव ८१ अंकमा चढेको छ । यीबाहेक उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि क्रमशः शून्य दशमलव शून्य नौ, १५ दशमलव ३६ र शून्य दशमलव शून्य सात अंकले उकालो लागेका छन् ।
विकास बैक समूहको सूचक भने आठ दशमलव ३५ अंकले ओरालो लागेर २१ सय ४४ दशमलव २७ अंकमा झरेकोमा लघुवित्त समूहको सूचक पनि १६ दशमलव ६५ अंकले ओरालो लागेर दुई हजार आठ सय ५९ दशमलव १९ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय ६५ दशमलव एक अंकले ओरालो लागेर नौ हजार सात सय २० दशमलव ७० अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ३४ दशमलव ३२ अंकले ओरालो लागेर १० हजार नौ सय ७० दशमलव २८ अंकमा झरेको छ । यीबाहेक टे«डिङ, होटल र फाइनान्स समूहको सूचक पनि क्रमशः एक सय ३० दशमलव ६६, ४३ दशमलव ६५ र पाँच दशमलव ८७ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एनएमबी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार ८९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको पाँचथर पावर कम्पनीको सेयर मूल्य पनि नौ दशमलव ९५ प्रतिशतले बढेर दुुई सय ४३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक हिमालयन ऊर्जा विकास कम्पनी, नबिल बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेडको सेयर मूल्य छ दशमलव १८ प्रतिशतले घटेर सात हजार पाँच सय छ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ङादी ग्रुुप पावर लिमिटेडको सेयर मूल्य पनि पाँच दशमलव ८८ प्रतिशतले घटेर दुु्ई सय ५६ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक बोटर्लस नेपाल तराई लिमिटेड, मल्टीपर्पस फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता १३ सय ३९ रुपैयाँ अन्तिम मूल्यमा ५८ करोड १३ लाख १७ हजार एक सय ७८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नबिल बैंकको पनि प्रतिकित्ता ११ सय ३० रुपैयाँ अन्तिम मूल्यमा ३८ करोड ३४ लाख ४१ हजार चार सय एक रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक शिवम् सिमेन्ट, नेपाल टेलिकम आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया