Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअनलाइनबाट तुरुन्तै ‘सनराइज स्मार्ट बचत खाता’ खोल्न सकिने

अनलाइनबाट तुरुन्तै ‘सनराइज स्मार्ट बचत खाता’ खोल्न सकिने


काठमाडौं ।
सनराइज बैंकमा अनलाइनबाटै तुरुन्तै सनराइज स्मार्ट बचत खाता खोल्न सकिने भएको छ । ‘स्मार्ट बनौँ, डिजिटल बैंकिङ गरौं अभियान अगाडि बढाउँदै आएको बैंकले आफ्ना ग्राहकहरूलाई पृथक र प्रविधिमैत्री सेवाहरू प्रदान गर्दै आएको छ । यसैअनुरूप बैंकले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट सनराइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सनराइज स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यो सुविधाअन्तर्गत ग्राहकहरूले अनलाइनमार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरूले रकम जम्मा गर्न सक्नुका साथै विद्युुतीय कारोबार समेत गर्न सक्नेछन् । उक्त खाताका ग्राहकहरूले मोबाइल बैंकिङ प्रयोग गरी आफैँले मुद्दती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ । यस सुविधाअन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा गई कुुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेस गर्नुपर्नेछ ।

यसरी अनलाइनबाट खोलिएका ‘सनराइज स्मार्ट बचत खाता’ शून्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जानकारी दिएको छ । खाता खोल्न र माथि उल्लिखित कारोबार गर्न ग्राहकहरूलाई बैंक आउनपर्ने जरुरी छैन तर ग्राहकहरूले आफ्नो अनुकूलताअनुसार खाता खोलेको १ वर्षभित्र भने बैंकमा उपस्थित भई आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।

कोभिडको कारण ग्राहकहरू बैंक आउन र कारोबार गर्न असहज भैरहेको वर्तमान परिप्रेक्षमा सनराइज बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीहरूले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङमार्फत नेपालमा बत्ती, पानी, इन्टरनेट, विद्यालय शुल्क आदिको सजिलै भुक्तानी गर्न सक्ने बैंकको विश्वास छ । विस्तृृत जानकारीको लागि टोल फ्रि नम्बर १६६००१२२४४४ मा सम्र्पक गर्न सकिने बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया