मुक्तिनाथ विकास बैंकद्वारा कर्जाको लागि अनलाइन आवेदन सुरु
काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले कर्जाको लागि अनलाईन आवेदन सुरु गरेको छ । बैंकले ग्राहकहरूको समयको महत्वलाई ध्यानमा राखी र कोरोना (कोभिड १९)को महामारीको विषम परिस्थितीमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकलाई थप प्रविधिमैत्री बनाउने क्रममा बैंकले आफ्नो वेबसाइटबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिनसक्ने साथै कर्जा स्वीकृतिका लागी आवश्यकपर्ने कागजात समेत अनलाइनमार्फत नै ग्राहकहरूले प्रस्तुत गर्नसक्ने सुविधा उपलब्ध गराएको हो । यस प्रणालीमार्फत ग्राहकले आफूलाई सहज पर्ने कुनै पनि शाखा अनलाइन नै छनोट गरी कर्जा आवेदन दिन सकिने साथै, सम्पूर्ण कागजात प्रस्तुत गरिएको सात कार्य दिनभित्र नै कर्जा स्वीकृति गरिनेछ ।
बैंकले नयाँ प्रविधिलाई आत्मसात गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याइएको हो । कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार र प्रणालीको प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको जानकारी समेत बैंकले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया