Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिर्जना फाइनान्सले तीन महिनामा कमायो एक करोड ९६ लाख

सिर्जना फाइनान्सले तीन महिनामा कमायो एक करोड ९६ लाख


काठमाडौं ।
सिर्जना फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ९६ लाख ३४ हजार सात सय ८७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा २७ लाख ५८ हजार तीन सय ९४ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ८४ करोड ७८ लाख ३८ हजार आठ सय ८० रुपैयाँ रहेको फाइनान्सले चालुु आवको पहिलो त्रैमासिक अवधिमा आठ अर्ब ५९ करोड ६५ लाख २९ हजार एक सय ८० रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब आठ करोड ९१ लाख ६३ हजार सात सय ४३ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

फाइनान्सले सो अवधिमा ११ कोड ६४ लाख २० हजार आठ सय ७८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले सात अर्ब ५४ करोड ४३ हजार सात सय पाँच सय सात रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ५५ करोड एक लाख ७७ हजार तीन सय ९६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा फाईनान्सले पाँच करोड २० लाख ७८ हजार सात सय ३९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया