Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वरोजगार लघुवित्तले १३ प्रतिशत लाभांश दिने

स्वरोजगार लघुवित्तले १३ प्रतिशत लाभांश दिने


काठमाडौं ।
स्वरोजगार लघुुवित्त वित्तीय संस्थाले १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ३४ करोड १६ लाख १२ हजार एक सय २० रुपैयाँमध्येबाट १३ दशमलव ९७ प्रतिशत अर्थात् चार करोड ७७ लाख २८ हजार छ सय तीन रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांशमध्येमा चुक्ता पुँजीको १३ दशमलव २७ प्रतिशत अर्थात् चार करोड ५३ लाख ४२ हजार एक सय ७७ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६९ प्रतिशत अर्थात् २३ लाख ८६ हजार चार सय ३० रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही मंसिर १३ गते बसेको दुुई सय १२औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने संस्थाले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया