Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकद्वारा बलियो नेपाल न्यूट्रिसनलाई आर्थिक सहयोग

राष्ट्रिय वाणिज्य बैंकद्वारा बलियो नेपाल न्यूट्रिसनलाई आर्थिक सहयोग


काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बलियो नेपाल न्यूट्रिसन इनिसियटिभलाई आर्थिक सहयोग गरेको छ । बैैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि उक्त संस्थालाई रकम सहयोग गरेको हो । सहयोगअन्तर्गत बर्दिया, कपिलवस्तु र नवलपरासी पश्चिमका क्षेत्रका विजयपुर, पालिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका बालबालिकालाई ६० दिनसम्म पोषणयुक्त खानेकुरा वितरण गरिनेछ ।

यस सम्बन्धमा आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बलियो नेपाल न्यूटिसन इनिसियटिभका प्रमुख कार्यकारी अधिकृत डा. अतुल उपाध्यायबीच समझदारीपत्रमा एक कार्यक्रमका बीच हस्ताक्षर भएको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद, वित्तीय साक्षरतालगायतको क्षेत्रमा मात्र नभएर बालबिालिकालाई पोषणयुक्त खानेकुरा वितरणमा पनि बैंकले सीएसआरमार्फत सहयोग गरेको बताए ।

बलियो नेपाल न्यूट्रिसन इनिसियटिभका प्रमुख कार्यकारी अधिकृत डा. अतुल उपाध्यायले दुई वर्षभन्दा कम उमेर समूहका बालिबालिकालाई पोषणयुक्त खानेकुरा वितरणको लागि लुम्बिनी प्रदेशलाई पाइलट प्रोजेक्टको रूपमा चयन गरिएको बताए । कार्यक्रम ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख सरोज बस्नेतले सञ्चालन गरेका थिए ।

कार्यकममा बैंकका उपकार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख सरोज वस्नेत, कम्पनी सचिव भोलानाथ पौडेल, इनिसियटिभका पार्टनरसिप डाइरेक्टर उत्सव ढुङानालगायतको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुुई सय ४२ वटा शाखा कार्यालय, दुुई सय पाँचवटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया