सेयर बजार परिसूचक १९ सय ९७ अंकमा
काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक २८ दशमलव ७९ अंकले उकालो लागेर १९ सय ९७ दशमलव पाँच अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६३ अंकले उकालो लागेर तीन सय ८५ दशमलव ५६ अंकमा चढेको छ । यसदिन कुुल एक सय ९८ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसबाट ८३ हजार पाँच सय ६७ पटकको कारोबारमा दुुई करोड ५१ लाख ९१ हजार तीन सय १९ कित्ता सेयर खरिदबिक्री भएको छ । सोही आधारमा यसदिन कुुल आठ अर्ब ८६ करोड ७७ लाख १४ हजार छ सय ८२ रुपैयाँको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ३८ अंकले ओरालो लागेर १५ सय ४२ दशमलव ३७ अंंकमा चढेकोमा विकास बैंक समूहको सूचक ४८ दशमलव १४ अंकले ओरालो लागेर २२ सय ६९ दशमलव ९७ अंकमा चढेको छ ।यीबाहेक फाइनान्स र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः पाँच दशमलव ४१ र शून्य दशमलव १३ अंकले ओरालो लागेका छन् । निर्जीवन बीमा समूहको सूचक भने यसदिन एक सय ९३ दशमलव चार अंकले उकालो लागेर नौ हजार आठ सय ६८ दशमलव १८ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि आठ सय २३ दशमलव ३५ अंकले उकालो लागेर १२ सय ३९ दशमलव ३८ अंकमा चढेको छ ।
यसैगरी जलविद्युुत् समूहको सूचक पनि ८९ दशमलव २३ अंकले उकालो लागेर १५ सय ९३ दशमलव ६९ अंकमा चढेको छ भने लघुवित्त समूहको सूचक पनि ३७ दशमलव छ अंकले उकालो लागेर दुुई हजार नौ सय २४ दशमलव ५४ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, होटल, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः एक सय ५१ दशमलव सात, चार दशमलव ९६, ७३ दशमलव ६३ र ४० दशमलव २८ अंकले उकालो लागेका छन् । यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर एक सय ७६ रुपैयाँमा किनबेच भएको छ ।
दोस्रो स्थानमा परेको अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि नौ दशमलव ८० प्रतिशतले बढेर तीन सय २५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक ग्रिन डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको विशाल बजार कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर तीन हजार दुुई सय ४० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको बोटलर्स नेपाल तराई लिमिटेडको प्रतिकित्ता सेयर मूल्य पनि पाँच दशमलव ४२ अंकले घटेर नौ हजार तीन सय १६ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक लुुम्बिनी विकास बैंक, प्राइम कमर्सियल बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १८ सय ५५ रुपैयाँ अन्तिम मूल्यमा ३८ करोड ४८ लाख ८६ हजार सात सय ६२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता १४ सय ५४ रुपैयाँ अन्तिम मूल्यमा ३७ करोड ३४ लाख ११ हजार एक सय नौ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक प्रभु बैंक, नेपाल बंगलालादेश बैैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया