बीमा समितिद्वारा परिमार्जित कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७ जारी
काठमाडौं ।
बीमा समितिले परिमार्जित कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७ जारी गरेको छ । सोमबार समेतीले बाली तथा पशुन्छी बीमा निर्देशिका २०६९ लाई परिमार्जन गरी कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७ जारी गरेको हो । समितिको अनुसार यो निर्देशिका जारी भएलगत्तै लागू भएको छ । समितिले कृषि तथा पशुपन्छी क्षेत्रमा हुने जोखिमलाई बीमाको माध्यमबाट न्यूनीकरण गरी बीमा प्रवर्द्धन गर्न वान्छनीय भएकोले बीमा ऐन २०४९ को दफा ८ (घ२) ले दिएको अधिकार प्रयोग गरी परिमार्जित निर्देशिका जारी गरिएको जानकारी दिएको छ ।
निर्देशिका अनुसार सबै निर्जीवन बीमा कम्पनीहरूले कृषि तथा पशुपन्छी बीमा गर्नुपर्नेछ । हाल तोकिएको जिल्लाहरूमा अनिवर्यारूपमा बीमा कम्पनीहरूले व्यवसाय सञ्चालन गर्ने पर्नेछ भने अन्य जिल्लाहरूमा समेत बीमा व्यवसाय गर्न पाउने निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार कम्पनीले वार्षिकरूपमामा बिक्री गर्ने कुल बीमालेखको संख्यामध्ये कम्तीमा पाँच प्रतिशत कृषि तथा पशुपन्छी बीमालेख बिक्री गर्नुुपर्नेछ । निदेशिका अनुसार बीमालेखमा प्राप्त हुुने अनुुदानको प्रतिशत र कुन कुुन बीमा लेखमा कति कति अनुदान पाउने भन्ने कुरा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारको निर्णयमा भर पर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया