Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डू २६औँ वार्षिक साधारणसभा

बैंक अफ काठमाण्डू २६औँ वार्षिक साधारणसभा


काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले सोमाबार एक समारोहको बीच वार्षिक साधारणसभा सम्पन्न गरेको हो । उक्त समारोहमा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले समितिको प्रतिवेदन पारित गरेको छ । सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्डस बमोजिम तयार वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ ।

साधारणसभाले २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट २०७६ आसार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पुँजीको १३ प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको तीन प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले हाल ८९ शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया