राष्ट्रिय सहकारी बैंकद्वारा तनहुँका दुई सहकारी संस्थाहरू पुरस्कृत
काठमाडौं ।
राष्ट्रिय सहकारी बैंकले तनहुँका दुई सहकारी संस्थाहरूलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरूलाई आइतबार एक कार्यक्रमका बीच पुरस्कृत गरिएको बैंकले जानकारी दिएको छ । बैंकको दमौली शाखामा उत्कृष्ट कारोबार गर्ने रोयल सहकारी संस्था लिमिटेड दुलेगौडा र नियमित कारोबार गर्ने साहारा कृषि सहकारी संस्था लिमिटेड दमौलीलाई पुरस्कृत गरिएको हो । रोयल सहकारीका कोषाध्यक्ष राजकुमार वाग्ले र साहारा कृषि सहकारीका अध्यक्ष कृष्ण आचार्यलाई ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सम्मानपत्रसहित पुरस्कृत गरेका हुुन् ।
सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरूलाई पुरस्कृत गर्दै आएको छ । १६औँ वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बैंकले जनाएको छ । पुरस्कार वितरण कार्यक्रममा बोल्दै ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारीको बैंकको भूमिका दिन प्रतिदिन प्रभावकारी बन्दै गएको बताए । उनले सहकारीहरूको संस्थागत विकास र सदस्यको आर्थिक समृद्धिका लागि सहकारी बैंक र सहकारी संस्थाहरूबीच सहकार्यमा जोड दिए ।
कार्यक्रममा बैंकका सञ्चालक जिसीले सदस्य सहकारीहरूमार्फत समाज रूपान्तरणका लागि सहकारी बैंक सदैव सक्रिय र समन्वयकारी रहेको बताए । उनले वित्तीय कारोबारका साथै संस्थाको संस्थागत विकास र सुशसान तथा सञ्चालक तथा कर्मचारीहरूको नेतृत्व र क्षमता विकासका लागि बैंकले सञ्चालन गरेका कार्यक्रमहरूमा सहभागिताका लागि आह्वान गरे । सम्मान कार्यक्रममा जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, पुरस्कृत संस्थाका तर्फबाट रोयल सहकारीका कोषाध्यक्ष राजकुमार वाग्लेले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम बैंक समन्वय उपसमिति दमौलीकाका संयोजक अमरबहादुर कुँवरकोको अध्यक्षता, सदस्य प्रदिप अधिकारीको स्वागत र शाखा प्रमुख युवराज दाहालको सञ्चालनमा सम्पन्न भएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया