बजार परिसूचक दुुई हजार अंकमा
काठमाडौं ।
सेयर बजार परिसूचक दुई हजार अंकमा पुुगेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक तीन दशमलव ३५ अंकले उकालो लागेर दुुई हजार दशमलव ४० अंकमा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने यसदिन एक दशमलव ७७ अंकले ओरालो लागेर तीन हजार ८३ दशमलव ७९ अंकमा झरेको छ । यसदिन कुुल एक सय ९७ वटा कम्पनीहरूको सेयर किनबेच भएका छन् । जसबाट ६७ हजार तीन सय ५५ पटकको कारोबारमा एक करोड ८५ लाख ७६ हजार सात सय आठ कित्ता सेयर खरिदबिक्री हुँदा कुुल कारोबार रकम सात अर्ब ४० करोड ४१ लाख ५४ हजार सात रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये पाँचवटा समूहको सूचक उकालो लागेका छन् भने सातवटा समूहको सूचक ओरालो लागेका छन् । सोमध्ये पनि वाणिज्य बैंक समूहको सूचक ४१ दशमलव ४३ अंकले ओरालो लागेर १५ सय दशमलव ९४ अंकमा झरेको विकास बैंक समूहको सूचक पनि ५२ दशमलव ८४ अंकले ओरालो लागेर दुई हजार दुई सय १७ दशमलव १२ अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ३४ अंंकले ओरालो लागेर नौ हजार आठ सय ३४ दशमलव १८ अंकमा झरेकोमा टे«डिङ समूहको सूचक पनि एक सय सात दशमलव ६४ अंकले ओरालो लागेर २३ सय २८ दशमलव ३६ अंकमा झरेको छ । यीबाहेक होटल, फाइनान्स र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः २० दशमलव ८२, सात दशमलव ४३ र शून्य दशमलव १८ अंकले ओरालो लागेका छन् । जलविद्युत् समूहको सूचक भने यसदिन ३८ दशमलव ६३ अंकले उकालो लागेर १६ सय ३२ दशमलव ३२ अंंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि दुई सय १६ दशमलव ८३ अंकले उकालो लागेर १२ हजार दुई सय ५६ दशमलव २२ अंकमा चढेको छ । यीबाहेक उत्पादनमूलक, अन्य र लघुवित्त समूहको सूचक पनि क्रमशः ९९ दशमलव ८१, एक सय सात दशमलव सात र एक दशमलव ४३ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर १५ सय ९९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको रिडी हाइड्रोपावर कम्पनीको पनि सेयर मूल्य नौ दशमलव ९६ प्रतिशतले बढेर दुुई सय ७६ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक अपर तामाकोशी हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको एभरेष्ट बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता सेयर मूल्य नौ दशमलव २४ प्रतिशतले घटेर दुुई सय ७५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्रिन डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ७३ प्रतिशतले घटेर एक सय ६७ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल बंगलादेश बैंक, कुमारी बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १५ सय ९९ रुपैयाँ अन्तिम मूल्यमा ६५ करोड ७९ लाख ८८ हजार एक सय दुुई रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल टेलिकमको पनि प्रतिकित्ता ११ सय ७५ रुपैयाँ अन्तिम मूल्यमा ४४ करोड ३६ लाख ५० हजार तीन सय ९९ रुपैयाँको कारोबार भएको छ । यीबाहेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल बंगलादेश बैंक, प्रभुु बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । यसदिन फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्थाको ३२ दशमलव ५० प्रतिशत अर्थात् १२ लाख २७ हजार चार सय ३४ कित्ता बोनस सेयर नियमित कारोबारको लागि नेप्सेमा सूचीकृत भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया