Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसामुुदायिक लघुवित्तले कमायो ११ लाख २० हजार

सामुुदायिक लघुवित्तले कमायो ११ लाख २० हजार


काठमाडौं ।
सामुुदायिक लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ११ लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ६६ लाख तीन हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँ रहेको संस्थाले गत चालू आवको पहिलो त्रैमासिक अवधिमा ४५ करोड तीन लाख नौ हजार सात सय ९० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १७ करोड ७४ लाख ४१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुई करोड ७८ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड २६ लाख ३५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात १६ दशमलव आठ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाले ३७ करोड २४ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी ९६ करोड ७१ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई करोड ११ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौ लाख ५८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया