Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड योजना

सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड योजना


काठमाडौं ।
सानिमा बैंकले निःशुल्क क्रेडिट कार्ड योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकहरूका लागि‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना सार्वजनिक गरिएको हो । यो योजना १५ मंसिरदेखि २२ मंसिर २०७७ सम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरूका लागि लागू हुनेछ ।

अनलाइन आवेदन बैंकको वेबसाइटबाट दिन सकिनेछ । यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिने ग्राहकहरूले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुविधा पाउन सक्ने बैंकले जनाएको छ । बैंकले हाल सात वटै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया