Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकद्वारा स्क्यान एन्ड विथ ड्र सेवाको शुभारम्भ

ज्योति विकास बैंकद्वारा स्क्यान एन्ड विथ ड्र सेवाको शुभारम्भ


काठमाडौं ।
ज्योति विकास बैंक लिमिटेडले स्क्यान एन्ड विथ ड्र सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यो सेवाअन्तर्गत ग्राहकहरूले आफ्नो मोबाइल फोनमा भएको ज्योति स्मार्ट एपमार्फत बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्नेछन् । स्क्यान एन्ड विथ ड्रमार्फत काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी चेकको प्रयोगबिना नै खाताबाट रकम झिक्न सकिनेछ । बैंकले यो सेवा देशभरिका एक सय पाँचवटै शाखा कार्यालयबाट एकैपटक सुरुवात गरेको छ । सो सेवा सञ्चालनपश्चात् ग्राहकहरूले अब बैंक गएर पैसा झिक्न चेक अथवा एटीएम कार्ड बोकिरहनुपर्ने छैन ।

आधुनिक बैंकिङ प्रविधिलाई आत्मसात् गर्दै डिजिटल बैंकिङलाई थप सुदृढ बनाउनुका साथै ग्राहकहरूलाई सहज र छिटो सेवा प्रदान गर्ने हेतुले यो सेवा प्रयोगमा ल्याइएको हो । बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ४२ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३४ अर्ब ६० करोड लगानी गर्न सफल भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया