महालक्ष्मी विकास बैंकको भिसा कन्ट्याक्टलेस कार्ड सेवा
काठमाडौँ ।
महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार भिसा कन्ट्याक्टलेस कार्ड सेवा नेट फिल्ड कम्युनिकेसन (एनएफसी)मा आधारित प्रविधि हो जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पस टर्मिनलबाट रकम भुक्तानी गर्न सकिन्छ । बैंक भिसा कन्ट्याक्टलेस कार्ड सेवा कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरूमध्ये प्रथम बैंक हो ।
यो कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ । देशको सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा एक सय तीनवटा शाखाहरूमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया