प्रभु बैंकको एक्सटेन्सन काउन्टर नेपाल–भारत सीमाका भन्सार कार्यालयहरूमा
काठमाडौं ।
प्रभुु बैंकको एक्सटेन्सन काउन्टहरू नेपाल भारत सीमाका भन्सार कार्यालयहरूमा थप समयका लागि सञ्चालनमा रहने भएका छन् । नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौँ र प्रभु बैंकको समन्वयमा नेपाल भारत सीमाका विभिन्न सातवटा भन्सार कार्यालयहरू भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सतिभन्सार कार्यालय कैलालीमा सरकारी राजस्व/भन्सार संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउन्टरहरूले थप समयावधिका लागि निरन्तररूपमा बैंकिङ सेवा प्रवाह गर्ने भएका छन् । सोसम्बन्धी नवीकरण सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौँका तर्फबाट महानिर्देशक सुमन दाहाल र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बुधबार हस्ताक्षर गरेका हुन् ।
नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रूपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउन्टरहरूको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरूको स्तरोन्नतिसँगै उक्त क्षेत्रमा आयातनिर्यातको क्रियाकलापहरूमा बढोत्तरी हुनगई राजस्व संकलनको आँकाडामा वृद्धि हुनजाने तथा स्थानीय सेवाग्राही तथा संघसंस्थाहरूले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै नेपाल सरकारको राजस्व संकलनप्रक्रियामा छिटोछरितो हुनगई सहजीकरण हुने विश्वास समेत बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया