एनएमबी बैंक ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ बाट सम्मानित
काठमाडौं ।
एनएमबी बैंकलाई दि फाइनान्सियल टाइम्स लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रूपमा ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ बाट सम्मानित गरेको छ । यो सम्मान बैंकले विगत चार वर्षमा तेस्रो पटक प्राप्त गरेको हो । बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न सहर तथा ग्रामीण भेगहरूमा शाखा सञ्चालन गरी १२ लाखभन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । यसै क्रममा बैंकले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरू जस्तैः नवीकरणीय ऊर्जा, कृषि, साना तथा मझौला व्यवसायहरूमा उल्लेख्य वृद्धि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनेर आफूलाई फरक मूलधारको बैंकको रूपमा स्थापना गर्न सफल भएको छ ।
एनएमबी बैंक ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी)को नेपालमा एक मात्रै ‘क’ वर्गको सदस्य वाणिज्य बैंकको रूपमा रहनुका साथै नेपालमा दिगो मूल्य मान्यतामा आधारित बैंकिङ सेवाको प्रवद्र्धनमा लागि परेको छ जसकारण बैंकलाई अन्तर्राष्ट्रिय संस्था पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सीयल (पीसीएएफ) स्टिअरिङ कमिटीको सदस्य बैंकको रूपमा एबीएन, एएमआरओ, मोर्गान स्ट्यान्लीजस्ता संसारकै उत्कृष्ट बैंकहरूका साथ साझा एजेन्डामा काम गर्ने मौका प्राप्त भएको छ ।
एनएमबी बैंक विदेशी लगानीकर्ता संस्थाहरूका लागि नेपाली वित्त बजारमा लगानी गर्नका निम्ति सबैभन्दा बढी रुचाइएको बैंक हो जसको फलस्वरूप बैंक कठिन समयमा पनि मुलुकभित्र उल्लेख्य वैदेशिक लगानी भित्र्याउन सफल भएको छ । यस बैंकले नेपालमा वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन नीति लागू गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको छ । बैंक अफ दि इयर उपाधिले विश्वव्यापीरूपमा उत्कृष्टतालाई परिभाषित गर्दछ । यसका विजेताहरूलाई बैंकको वित्तीय क्षमता प्रदर्शन, सेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरूको हितका लागि गरिने पहलहरू जस्ता विभिन्न मापदण्डहरूबाट मूल्याङ्कन गरिन्छ ।
विगत चार वर्षमा बैंकलाई तेस्रौं पटक उक्त गरिमामयी उपाधिबाट सम्मानित गरिएकोमा हामी अन्यन्तै हर्षविभोर भएका छौं, बैंकले भनेको छ । विश्व समुदाय नै कोभिड १९ को महामारीबाट गुज्रिरहेको यस कठिन घडीमा पाएको यो बैंक अफ दि इयर २०२० को सम्मान हाम्रा कर्मचारीहरूले देखाएको अदम्य साहस, त्याग, कडा परिश्रम, कामप्रतिको समर्पण, दिगो व्यवसाय विस्तारप्रतिको ऐक्यबद्धताका साथै यस बैंकका सञ्चालक समितिको निर्देशन तथा सम्पूर्ण सरोकारवालाहरूको अनवरत सहयोगको प्रतिफल भएको बैंकले जानकारी दिएको छ ।
एनएमबी बैंकले फरक मूलधारको बैंकमा स्थापना हुनेगरेका रणनीतिक साझेदारी, उत्तरदायी निर्णय, कोभिड १९ ले असर पारेको वित्त क्षेत्रमा ग्राहकहरूको वित्तीय अधिकार एवं निर्बाध सेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न बैंकिङ क्षेत्रमै उदाहरणीय डिजिटल प्लाटफर्ममा आधारित विभिन्न सेवाहरूको प्रारम्भ तथा यस असहज परिस्थितिमा सामाजिक उत्थान एवं स्वास्थय सुरक्षाका लागि गरेको अनेकन योगदान तथा प्रयासहरू नै यस बैंकको सफलताका कारकहरू रहेको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया