Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकको रुकुम पश्चिमको त्रिवेणी र बाँफिकोट गाउँपालिकासँग सम्झौता

लक्ष्मी बैंकको रुकुम पश्चिमको त्रिवेणी र बाँफिकोट गाउँपालिकासँग सम्झौता


काठमाडौं ।
लक्ष्मी बैंकले रुकुम पश्चिमका त्रिवेणी र बाँफिकोट गाउँपालिकासँग सम्झौता गरेको छ । बैंकले सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि दुवै गाउँपालिकासँग छुट्टाछुट्टै सम्झौता सम्पन्न गरेको हो । सम्झौताअन्तर्गत सम्बन्धित गाउँपालिकाको सहजीकरण र सिफारिसमा स्थानीय कृषी उद्यमी, कृषि समूह, कृषि सहकारीलगायत अन्य संघसंस्थाहरूले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्नेछन् ।

एक कार्यक्रमबीच बुधबार लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा त्रिवेणी र बाँफिकोट गाउँपालिकाका अध्यक्षहरू क्रमशः झक्कुप्रसाद घर्तिमगर र धर्मबहादुर केसीले उपरोक्त सम्झौतामा हस्ताक्षर गरेका हुुन् । कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बैंकले कृषि कर्जालाई प्राथमिकतामा राख्दै आएको र सोका लागि छुट्टै इकाइ समेत स्थापना गरेको जानकारी गराए । कार्यक्रममा उपस्थित पूर्व ऊर्जामन्त्री जनार्दन शर्माले सम्झौतामाथि आफ्नो धारणा राख्दै रुकुम पश्चिमका अन्य स्थानीय निकायहरूका लागि समेत यस्तै सम्झौता गरिने बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया