रिलायन्स फाइनान्सद्वारा विभिन्न संस्थाहरूलाई सहयोग
काठमाडौं ।
रिलायन्स फाइनान्सले विभिन्न संस्थाहरूलाई सहयोग गरेको छ । फाइनान्सले ११औं वर्ष पूरा गरी १२औं वर्षमा प्रवेश गरेको अवसरमा ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरूको लागि सहयोग गरि सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा काठमाडौँ जिल्ला सलम्बुटार साँखु, काठमाडौँस्थित द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपालमा आश्रित गरिब तथा निमुखा घरबारविहीन सुस्त मनस्थिति भएका बालबालिकालाई आवश्यक पर्ने भौतिक सामग्री वितरण गर्ने तथा लायन्स क्लब इन्टरनेसनल ३२५ बि २, लायन्स क्लब काठमाडौं युनाइटेड सेन्ट्रलसँगको सहकार्यमा माइती नेपाल काठमाडौँलगायतका संस्थाहरूलाई लत्ताकपडा सामग्री सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, सञ्चालक सुरकृष्ण वैद्य, रवि कृष्ण श्रेष्ठ, उपेन्द्रबहादुर कार्की, तुल्सीप्रसाद बराल, संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र उपप्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले सयुुक्तरूपमा गरेका हुुन् । सो अवसरमा उत्सवको फाइनान्सका अध्यक्ष मल्लीले नयाँ दशवटा शाखा कार्यालयहरू सितापाइला शाखा, धनगढी शाखा, महेन्द्रनगर शाखा, कोहलपुर शाखा, अत्तरीया शाखा, दमक शाखा, विर्तामोड शाखा, धुलाबारी शाखा, टाँडी शाखा र भैरहवा शाखाको डिजिटल माध्यमबाट विधिवतरूपमा उद्घाटन गरेका छन् । संस्थाले प्रर्दशनीमार्ग काठमाडौँस्थित मुख्य कार्यालय र २० वटा शाखा कार्यालयहरूले सेवा पु-याउँदै आएको छ । फाइनान्सले निक्षेप तथा कर्जा सेवाका अतिरिक्त आफ्ना ग्राहकहरूलाई एससीटी नेटवर्क एटीएम, विभिन्न रेमिटेन्स सेवाहरू, सी–आस्वा, आईपीएस, कनेक्ट आईपीएस, एबीबीएस, इलेक्ट्रिक चेक क्लियरिङ, एसएमएस बैंकिङलगायतका सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
रिलायन्स फाइनान्सको ‘रिलायन्स स्वावलम्बी बचत खाता’ सञ्चालनमा : रिलायन्स फाइनान्सले रिलायन्स स्वावलम्बी बचत खाता सञ्चालनमा ल्याएको छ । फाइनान्सले ११औं वार्षिक दिवसको अवसरमा विभिन्न सरकारी गैरसरकारी तथा निजी कम्पनीहरूमा कार्यरत कर्मचारीहरूलगायत सर्वसाधारणलाई लक्षित गरी उच्चतम प्रतिफलयुक्त रिलायन्स स्वावलम्बी बचत खाता सञ्चालनमा ल्याएको हो ।
फाइनान्सका अनुसार यस शीर्षकमा खाता खोली कारोबार सञ्चालन गर्ने ग्राहकहरूका लागि सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा तीन लाख रुपैयाँबराबरको दुुर्घटना बीमा तथा एक लाख रुपैयाँसम्मको १८ प्रकारका घातक रोगहरूको बीमा उपचार सुविधा उपलब्ध गराउने सम्झौता गरिएको छ । सम्झौतामा रिलायन्सका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र सगरमाथाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया