Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकद्वारा नेपाल पर्वतारोहण संघलाई रकम सहयोग

सिद्धार्थ बैंकद्वारा नेपाल पर्वतारोहण संघलाई रकम सहयोग


काठमाडौं ।
सिद्धार्थ बैंकले शैक्षिक छात्रवृत्तिका लागि नेपाल पर्वतारोहण संघलाई रकम सहयोग गरेको छ । बैंकले बिहीबार काठमाडौँको नक्सालस्थित नेपाल पर्वतारोहण संघलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । सो रकम बैंककातर्फबाट नायब प्रबन्धक(भ्याली रिर्सोसेस अपर्णा गिरीले नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईलाई हस्तान्तरण गरेका हुुन् । उक्त रकमसंघले नेपाल पर्वतीय पर्यटन प्रबर्द्धनको कार्य क्षेत्रमा खटिँदा आकस्मिक दुर्घटनामा परी निधन भएको आरोहीका बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्नका लागि उपयोग गर्नेछ ।

विगत ४७ वर्षदेखि नेपालको पर्वतीय पर्यटन क्षेत्र विकासको सहयोग गर्ने कार्य गर्दै आइरहेको उक्त संघलाई बैंकले पु-याएको सो रकम सहयोगबाट निधन भएका पर्वतारोहीका २० जना बालबालिकाहरूलाई शैक्षिक छात्रवृत्ति प्रदान हुने र बालबालिकाहरूको शिक्षामा केही हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले शिक्षा, स्वास्थय, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पूर्वधार र सुरक्षाजस्ता क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य रहेको जनाएको छ ।

सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट जावलाखेलमा : सिद्धार्थ बैंक लिमिटेडले ललितपुरस्थित जावलाखेलमा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबाबारबाट जावलाखेल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पु-याउने उद्देश्यका साथ उक्त सर्भिस आउटलेट सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटहरूबाट बैंकिङ सेवा तथा सुविधाहरू निरन्तर प्रदान गरिरहेको छ ।

सजिलो बैंकिङ सेवा, शाखारहित बैंकिङ, एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, एटीएम कार्डसहित चार सय ५० भन्दा बढी व्यावसायिक केन्द्रहरूबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको युूएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहकवर्गहरूको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया