माछापुच्छ्रे बैंक र एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपालबीच सम्झौता
काठमाडौं ।
माछापुच्छ्रे बैंक र एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपालसँग आबद्ध सदस्य वा सदस्यहरूद्वारा सञ्चालित उद्यमीहरूलाई सहुलियत कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपालको तर्फबाट अध्यक्ष बद्रीप्रसाद दाहाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट संस्थागत तथा पूर्वाधार कर्जा लगानी प्रमुख, सुभाष जमरकट्टेलले हस्ताक्षर गरेका हुुन् ।
सम्झौतापश्चात् एशोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपालसँग आबद्ध सदस्य वा सदस्यहरूद्वारा सञ्चालित उद्यमीहरूलाई माछापुच्छ्रे बैंकले न्यूनतम एक लाख रुपैयाँदेखि अधिकतम १५ लाख रुपैयाँसम्मको सहुलियत कर्जा उपलब्ध गराउनेछ । साना व्यवसायीहरूको मनोबल वृद्धि गरी स्वदेशमै आत्मनिर्भरता बढाउने तथा कोभिड १९ ले सिर्जित विषम परिस्थितिका कारण विगत लामो समयदेखि बन्द रहेका स्कुल तथा अन्य व्यवसायहरू विस्तारै खुल्दै जान थालेको अवस्थामा व्यवसायहरूलाई पुनर्जीवन प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले उक्त सम्झौता गरेको जनाएको छ ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको बैंकले पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना एक सय ६० वटा शाखाहरू, एक सय ३३ शाखारहित बैकिङ सेवा र पाँचवटा एक्सटेन्स काउन्टरसमेत गरी जम्मा दुई सय ९८ स्थानमा रहेका सेवा सञ्जाल तथा एक सय ९८ वटा एटीएमहरू तथा एक हजारभन्दा बढी पीओएसमार्फत ग्राहकवहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया