नेपाल बंगलादेश बैंकद्वारा सामुदायिक विकास समितिलाई रकम सहयोग
काठमाडौं ।
नेपाल बंगलादेश बैंकले सामुदायिक विकास समितिलाई रकम सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं ३२, सुविधानगर, स्थित सामुदायिक विकास समितिलाई तीन लाख रुपैयाँ रकम सहयोग गरेको हो । सो समितिले स्थापना कालदेखि नै आफ्नो क्षेत्रभित्र बाटो, दल, खानेपानी, बिजुलीबत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाइको कार्य अनवरतरूपमा गर्दै आएको छ ।
हस्तान्तरण गरिएको रकम सो समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद तथा सोही पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गर्ने जानकारी बैंकले दिएको छ । बैंकको कमलादी स्थित प्रमुख कार्यलयमा भएको कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटाद्वारा समितिका सचिव हर्कबहादुर भट्टराईलाई रकम हस्तान्तरण गरेका हुन् । साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले आफ्नो संस्थागत नारा नै ‘हामी सबैको बैैंक’ भन्ने रहेकोले सो नाराअनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरूको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।
नेपाल बंगलादेश बैंकले आठ प्रतिशत लाभांश दिने : नेपाल बंगलादेश बैंकले आठ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षमा कमाएको खुद मुनाफामध्येबाट चुक्ता पुँजीको छ प्रतिशत बोनस सेयर र दुई दशमलव ४२ प्रतिशत नगदसहित उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणका सम्बन्धमा बैंक सञ्चालक समितिको यही मंसिर १५ गते सोमबार बसेको तीन सय ६१औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया