बजार परिसूचक दुुई हजार ५५ बिन्दुमा
सातामा ४० अर्ब ९८ करोड रुपैयाँको सेयर किनबेच
काठमाडौं ।
यस साता सेयर बजार परिसूचक दुुई हजार ५५ दशमलव ४५ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९२ दशमलव २९ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सयवटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार तीन लाख ५७ हजार दुई सय ५५ पटकको कारोबारमा १० करोड ११ लाख ६३ हजार तीन सय सय ९४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ४० अर्ब ९८ करोड ८७ लाख २३ हजार आठ सात रुपैयाँ पुगेको छ । कारोबार रकम गत साताको तुुलनामा निकै नै बढी हो । गत साता भने धितोपत्र बजारमा दुई सय एकवटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार दुई लाख ८७ हजार एक सय ३० पटकको कारोबारमा सात करोड ५८ लाख ३८ हजार आठ सय ६४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ३१ अर्ब ५४ करोड ३१ लाख ८८ हजार दुई सय रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथो नेप्से बढेको थियो भने पाँच दिन घटेको थियो । पहिलो दिन बजार परिसूचक ७५ दशमलव दुुई अंकले उकालो लागेर १९ सय ६८ दशमलव २७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स १८ दशमलव ७६ अंकले उकालो लागेर तीन सय ८३ दशमलव ९३ अंकमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक २८ दशमलव ७९ अंकले उकालो लागेर १९ सय ९७ दशमलव पाँच अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६३ अंकले उकालो लागेर तीन सय ८५ दशमलव ५६ अंकमा चढेको थियो ।
तेस्रो दिन बजार परिसूचक तीन दशमलव ३५ अंकले उकालो लागेर दुई हजार दशमलव ४० अंकमा चढेको भए पनि सेन्सिटिभ इन्डेक्स भने एक दशमलव ७७ अंकले ओरालो लागेर तीन सय ८३ दशमलव ७९ अंकमा झरेको थियो । चौथो दिन पुुनः बजार परिसूचक ७० दशमलव ६२ अंकले उकालो लागेर दुई हजार ७१ दशमलव दुई अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव २५ अंकले उकालो लागेर तीन सय ९६ दशमलव चार अंकमा चढेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक १५ दशमलव ५७ अंकले ओरालो लागेर दुई हजार ५५ दशमलव ४५ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७६ अंकले ओरालो लागेर तीन सय ९२ दशमलव २९ अंकमा चढेको थियो ।
यस साता नेपाल पुनर्बीमा कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, नेपाल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल पुनर्बीमा कम्पनी, नेपाल बैंक, प्रभु बैंक, नेसनल हाइड्रोपावर कम्पनी आदिको बढी सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया