Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारछिमेक लघुवित्तद्वारा २९ प्रतिशत लाभांश प्रस्ताव

छिमेक लघुवित्तद्वारा २९ प्रतिशत लाभांश प्रस्ताव


काठमाडौं ।
छिमेक लघुुवित्त वित्तीय संस्थाले २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँमध्येबाट २९ प्रतिशतको अनुुपातमा कुुल ४३ करोड ५० लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषणा गरिएको कुल लाभांशमध्येमा २२ प्रतिशत अर्थात् ३३ करोड रुपैयाँबराबरको बोनस सेयर र सात प्रतिशत अर्थात् १० करोड ५० लाख रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणका सम्बन्धमा सञ्चालक समितिको यही मंसिर १७ गते बुधबार बसेको दुुई सय ५३औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया