Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको ‘कर्पोरेट–पे’ प्रणाली

सानिमा बैंकको ‘कर्पोरेट–पे’ प्रणाली


काठमाडौं ।
सानिमा बैंक लिमिटेडले कर्पोरेट–पे प्रणालीको थालनी गरेको छ । बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक कर्पोरेट–पे प्रणालीमार्फत सुरु गरेको हो । कर्पोरेट–पे सोलुसन नेपाल क्लियरिङ हाउसद्वारा प्रवर्द्धित बैंकिङ कारेबार गर्ने विद्युतीय माध्यम हो ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणालीमार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू बैंक खाताबाट सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियलटाइम वा ननरियलटाइममा भुक्तानी गर्न सक्नेछन् ।

कर्पोरेट–पेमा आबद्ध हुनका लागि व्यावसायिक ग्राहकले आवश्यक प्रक्रिया पूरा गरी आफैँले तोकेको कारोबार सीमाभित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नताविना नै गर्न सक्दछन् । यस प्रणालीमा मल्टी लेयर अथेन्टीकेसनको सुरक्षित व्यवस्था गरिएको छ । कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र प्रयोग गर्न पाउनेछन् ।

डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै आएको बैंकले यस प्रणालीेको थालनीलाई एक महत्वपूर्ण कदमको रूपमा समेत लिएको छ । बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया