नेसनल लाइफले १० प्रतिशत लाभांश दिने
काठमाडौं ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब आठ करोड २६ लाख २६ हजार पाँच सय ४८ रुपैयाँ मध्येबाट १० प्रतिशत अर्थात् ३० करोड ८२ लाख ६२ हजार छ सय ५५ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५३ प्रतिशत अर्थात् एक करोड ६२ लाख २४ हजार तीन सय ५१ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणका सम्बन्धमा सञ्चालक समितिको यही मंसिर १७ गते बुधबार बसेको चार सय ३८औं बैठकले लाभांश वितरण नयाँ निर्णय सार्वजनिक गरेको हो । यसअघि भने कम्पनीले १५ प्रतिशत नगद लाभांश र दुई दशमलव पाँच प्रतिशत बोनस सेयर वितरण गर्र्ने प्रस्ताव गरेको थियो । तर अब भने कम्पनीले परिमार्जित अनुपात अर्थात १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरेको छ । संसोधित प्रस्ताव बीमा समितिको स्वीकृति एवं कम्पनीको आगामी वार्षिकसाधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया