इन्फिनिटी लघुवित्तले १५ प्रतिशत लाभांश दिने
काठमाडौं ।
इन्फिनिटी लघुुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँ मध्येबाट १५ प्रतिशतको दरमा हुुन आउने तीन करोड ४२ लाख २१ हजार रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमध्येमा १४ दशमलव २५ प्रतिशत अर्थात् तीन करोड २५ लाख नौ हजार नौ सय ५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत अर्थात् १७ लाख ११ हजार ५० रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणका सम्बन्धमा सञ्चालक समितिको यही मंसिर १९ गते बसेको ६०औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया