मितेरी डेभलपमेन्ट बैंकको लाभांश १५ दशमलव ७९ प्रतिशत
काठमाडौं ।
मितेरी डेभलपमेन्ट बैंकले १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी ६९ करोड ३३ लाख ७१ हजार दुुई सय ५० रुपैयाँमध्येबाट १५ प्रतिशतका दरले १० करोड ४० लाख पाँच हजार छ सय ८७ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
उक्त बोनसमा लाग्ने कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशतले हुुने ५४ लाख ७३ हजार नौ सय ८३ रुपैयाँबराबरको नगद लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ । लाभांश वितरणका सम्बन्धमा सञ्चालक समितिको यही मंसिर १९ गते बसेको दुई सय एकौं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया