बजार परिसूचक १९ सय ६४ बिन्दुमा
सातामा २८ अर्ब ४८ करोड रुपैयाँको सेयर खरिदबिक्री
काठमाडौं ।
यस साता सेयर बजार परिसूचक १९ सय ६४ दशमलव दुई अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७४ दशमलव दुुई अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुुई सय दुुईवटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार दुई लाख ५६ हजार पाँच सय ९९ पटकको कारोबारमा छ करोड छ लाख तीन हजार २७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम २८ अर्ब ४८ करोड ८५ लाख दुई सय ४३ हजार सात सय ७० रुपैयाँ पुगेको छ । कारोबार रकम गत साताको तुलनामा झण्डै १२ अर्ब रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुई सयवटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार तीन लाख ५७ हजार दुई सय ५५ पटकको कारोबारमा १० करोड ११ लाख ६३ हजार तीन सय सय ९४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ४० अर्ब ९८ करोड ८७ लाख २३ हजार आठ सात रुपैयाँ पुुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन दिन नै खुला रहेकोमा दोस्रो र पाँचौँ दिन बजार परिसूचक उकालो लागेको थियो भने पहिलो, तेस्रो र चौथौ दिन बजार परिसूचक ओरालो लागेको थियो । सोमध्ये पहिलो दिन बजार परिसूचक एक सय २३ दशमलव ३४ अंकले ओरालो लागेर १९ सय ३२ दशमलव ११ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि २१ दशमलव ६२ अंकले ओरालो लागेर तीन सय ७० दशमलव ६७ अंकमा झरेको थियो ।
दोस्रो दिन भने बजार परिसूचक ७२ दशमलव २८ अंकले उकालो लागेर दुई हजार चार दशमलव ३९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव एक अंकले उकालो लागेर तीन सय ८२ दशमलव ७७ अंकमा चढेको थियो । तेस्रो दिन बजार परिसूचक पुन नौ दशमलव चार अंकले ओरालो लागेर १९ सय ९५ दशमलव ३५ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५९ अंकले ओरालो लागेर तीन सय ८० दशमलव १८ अंकमा झरेको थियो । चौथो दिन पनि बजार परिसूचक ३९ दशमलव छ अंकले ओरालो लागेर १९ सय ५५ दशमलव ७५ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ४७ अंकले ओरालो लागेर तीन सय ७१ दशमलव ७१ झरेको थियो ।
अन्तिम कारोबार दिन भने बजार परिसूचक आठ दशमलव २७ अंकले उकालो लागेर १९ सय ६४ दशमलव दुुई अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३२ अंकले उकालो लागेर तीन सय ७४ दशमलव दुई अंकमा चढेको थियो । यस साता नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल दूरसञ्चार कम्पनी आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल पुनर्बीमा कम्पनी, प्रभु बैंक आदिको बढी सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया