सिद्धार्थ बैंकद्वारा वृद्धाश्रम पुनर्संरचना गर्नका लागि सहयोग
काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले वृद्धाश्रम पुनर्संरचना गर्नका लागि आर्थिक सहयोग गरेको छ । बैंकले शुक्रबार काठमाडौँंको कागेश्वरी मनोहरा नगरपालिका वडा न ९, गोठाटारस्थित कृष्ण प्रणामी सेवा समिति नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत दुुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त रकम कृष्ण प्रणामी सेवा समिति नेपालले २०७२ सालमा गएको विनाशकारी भूकम्पको कारणले क्षति पुगेको र जोखिममा रहेको कृष्ण प्रणामी भवनको पुनर्संरचनाकार्य गर्नका लागि उपयोग गर्नेछ ।
भवनमा समितिद्वारा वृद्धाश्रम सञ्चालन गर्दै आएको र निर्माणपश्चात् सो भवन समितिले असाहाय वृद्धवृद्धाहरूको आवासका लागि उपयोग गर्नेछ । समाज कल्याणको कार्य गर्दै आइरहेका उक्त संघलाई बैंकले पु-याएको सो रकम सहयोगबाट आश्रय प्रदान हुने र वृद्ध नागरिक कल्याणमा केही हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले शिक्षा, स्वास्थय, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पूर्वधार र सुरक्षाजस्ता क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य रहेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया