राष्ट्रिय वाणिज्य बैंक र बेलबारी नगरपालिकाबीच सहुलियत कर्जासम्बन्धी सम्झौता
काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र बेलबारी नगरपालिका (मोरङ जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने गर्ने विषयमा सम्झौता भएको छ । आइतरबार भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत)अन्तर्गत उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिमप्राप्त उद्यमीरुको ५/५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरूलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्नेछ । नगरपालिकाले सिफारिस गरेका उद्यमीहरूलाई बैंकले नियमानुसार प्रत्येक समूहलाई अधिकतम पाँच लाख रुपैयाँसम्म सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो कुल कर्जाको एक प्रतिशतबराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसँग जोड्न सघाउ पु¥याउने बताउँदै कर्जा तिर्नुनपर्ने भन्ने मानसिकता कसैले राख्न नहुने बताएका छन् । नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले यस्ता कर्जाले नगरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षकै आधारभूतरूपमा विकास गर्न सघाउ पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अवलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी बैंकले विभिन्न संघ सस्थाहरूसँग सम्झौता गरी सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए ।
कार्यक्रम कृषि तथा सामाजिक बैंकिङ विभागका प्रमुख राज्यलक्ष्मी खड्गीले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा रावा बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुवेदी, कम्पनी सचिव भोलानाथ पौडेल, शाखा कार्यालय बेलबारीका शाखा प्रबन्धक अर्जुन ढुङाना, बेलबारी नगरपालिकाका स्थानीयवासी राजकुमार बस्नेत, बैंकका कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया