बजार परिसूचक दुई हजार ६७ अंकमा
दुई सय दुई कम्पनीहरूको सात अर्ब २० करोडको सेयर किनबेच
काठमाडौं ।
साताको दोस्रो कारोबार दिन सोमबार पनि बजार परिसूचक उकालो लागेको छ । यसदिन बजार परिसूचक ५६ दशमलव ७२ अंकले उकालो लागेर दुुई हजार ६७ दशमलव १७ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव चार अंकले उकालो लागेर तीन सय ८८ दशमलव १६ अंकमा चढेको छ । यसदिन १२ वटा उपसमूहअन्तर्गतका कुल दुुई सय दुुईवटा कम्पनीहरूको सेयर कारोबार भएको छ । जसबाट ५७ हजार ८७ पटकको कारोबारमा एक करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम सात अर्ब २० करोड ४१ लाख ३६ हजार नौ सय २३ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा उपसमूहको कारोबार भएका छन् । सोमध्ये जलविद्युत् समूहको सूचक २१ दशमलव १५ अंकले ओरालो लागेर १७ सय २३ दशमलव ८६ अंकमा झरे पनि बाँकी ११ वटा समूहको सूचक भने उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २२ दशमलव एक अंकले उकालो लागेर १५ सय तीन दशमलव ६४ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि ५६ दशमलव ५२ अंकले उकालो लागेर दुई हजार दुई सय २२ दशमलव ८४ अंकमा चढेको छ ।
लघुवित्त समूहको सूचक पनि एक सय ३६ दशमलव २१ अंकले उकालो लागेर तीन हजार दुई सय ११ दशमलव ७५ अंकमा चढेको छ । निर्जीवन बीमा समूहको सूचक पनि तीन सय ७९ दशमलव १४ अंकले उकालो लागेर एक हजार १९ दशमलव ४१ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक अंकले उकालो लागेर १३ हजार छ सय ४१ दशमलव ४२ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक सय ६१ दशमलव ७६, ३६ दशमलव १६, तीन दशमलव ३४, एक सय छ दशमलव पाँच, ६३ दशमलव ३९ र शून्य दशमलव १५ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर आठ सय ५८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि नौ दशमलव ९९ प्रतिशतले बढेर १६ सय २९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक लक्ष्मी लघुवित्त वित्तीय संस्था, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको लिर्वर्टी इनर्जी प्रालिको सेयर मूल्य पाँच दसमालव ७९ प्रतिशतले घटेर दुई सय २८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको युनिलिभिर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य पनि चार दशमलव ९५ प्रतिशतले घटेर १९ हजार दुई सय रुपैयाँमा किनबेच भएको छ । यीबाहेक माउन्टेन हाइड्रोपावर कम्पनी लिमिटेड, कृषि विकास बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता २२ सय ३८ रुपैयाँ अन्तिम शून्यमा ७४ करोड ३९ लाख ९९ हजार छ सय ६८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको पनि प्रतिकित्ता १६ सय ५१ रुपैयाँ अन्तिम मूल्यमा ४६ करोड १५ लाख ३३ हजार आठ सय चार रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नबिल बैंक, एनआईसी एसिया बैंक, कृषि विकास बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया