कुमारी बैंकको २०औं वार्षिक साधारणसभा
काठमाडौं ।
कुमारी बैंक लिमिटेडको २०औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष अमीरप्रताप जबराको अध्यक्षतामा रजिष्टर्ड कार्यालय टंगालमा वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, पुँजीमा भएको परिवर्तनलगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।
कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै, बैंकले अन्लाइन प्लाट्फर्म जुममार्फत सेयरधनीहरूको धारणा समावेश गरेको थियो । सभाले सेयरधनीहरूलाई आव २०७६/०७७ को लागि १० दशमलव ८५ प्रतिशत बोनस सेयर तथा तीन दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस सेयर जारीपश्चात् कुमारी बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ हुनेछ ।
आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप एक खर्ब २४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम एक खर्ब १५ अर्ब १३ करोड प्रवाह गरी सञ्चालन मुनाफा दुई अर्ब १४ करोड तथा एक अर्ब १५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप एक खर्ब २२ अर्ब २९ करोड तथा कुल कर्जा रकम एक खर्ब १५ अर्ब १९ करोड गरी ८६ करोडको सञ्चालन मुनाफा र ६० करोड २५ लाखको खुद मुनाफा आर्जन गर्न सफल भएकोे बैंकले जानकारी दिएको छ । हाल बैंकले काठमाडौँं उपत्यकाभित्र र बाहिर गरी एक सय ८६ शाखासञ्जाल, एक सय ५० एटीएम, १३ एक्स्टेन्सन काउन्टरका साथै २२ वटा शाखारहित बैकिङ एकाइमार्फत देशभरि आफ्ना सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
- ‘शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियो’
- मानव तस्करीमा राज्यका दुई विशिष्ट पदाधिकारी: एक जेलमा अर्का पदमा !
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया