Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूका ग्राहकहरूलाई नेसनल प्याथ ल्याबमा १५ प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरूलाई नेसनल प्याथ ल्याबमा १५ प्रतिशत छुट


काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरूलाई नेसनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालिमा छुुट पाउने भएका छन् । बैंकका अनुसार बीओकेको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा उक्त ल्याबमा १५ प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएपछि ग्राहकहरूले यस्तो सुविधा पाउने भएका हुुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ क्षेणीको मान्यताप्राप्त प्रयोगशाला नेसनल प्याथ ल्याब तथा रिसर्च सेन्टरले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढीलगायतको क्षेत्रहरूमा सेवा प्रदान गर्दै आइरहेको छ ।

उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक रत्नबहादुर खड्का र नेसनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रालि, रूपन्देहीका निर्देशक पवन जोशीले हस्ताक्षर गरेका हुुन् । बैंकले हाल बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया