शिखर इन्स्योेरेन्सको सवारी बीमामा अतिरिक्त लाभ बीमालेख योजना
काठमाडौं ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको बीमा क्षेत्रमै नौलो सवारीसाधन अतिरिक्त लाभ बीमा लेखको थालनी गरेको छ । यो बीमालेख अन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारीसाधन पुनस्र्थापना र दैनिक सवारी भाडा÷यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभहरूको लागि बीमा गर्न सकिनेछ ।
हाललाई यस किसिमको अतिरिक्त लाभ बीमालेख कार, जिप, मोटरसाइकल र स्कुटरजस्ता चार पाङ्ग्रे र दुई पाङ्ग्रे निजी सवारीसाधनको लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै सवारीसाधन बीमाअन्तर्गत व्यापक सवारीसाधन बीमा भएका सवारीसाधनलाई मात्र यस अतिरिक्त लाभ प्रदान गरिनेछ र यस बीमालेखको बीमा अवधि व्यापक सवारीसाधन बीमाको अवधिको समान हुनेछ । सवारीसाधन बनेको वा नेपालमा दर्ता भएको मितिबाट १० वर्षभन्दा कम उमेरका सवारीसाधनको लागि मात्र यसकिसिमको बीमा गरिनेछ ।
सवारीसाधन बीमाले क्षतिको समयमा पूर्ण राहत दिन नसक्ने हुँदा यसकिसिमको बीमालेखले सवारीधनीलाई अझ बढी राहत दिने कम्पनीले विश्वास लिएको छ । ह्रासकट्टी हटाउने लाभअन्तर्गत व्यापक सवारीसाधन बीमाअन्तर्गत सवारीसाधन क्षति भई पार्टपुर्जाहरू फेर्नुपर्ने अवस्थामा सो पार्टपुर्जाहरूको सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्यांकनअनुसार भएको ह्रासकट्टीको रकम मात्र भुक्तानी गरिनेछ ।
नयाँ सवारीसाधन पुनर्स्थापना लाभअन्तर्गत व्यापक सवारीसाधन बीमाअन्तर्गत पूर्ण क्षति भएको वा चोरी भएको अवस्थामा समान प्रकारको सवारीसाधन विक्रेताको शोरुममा रहेको नयाँ मूल्य र व्यापक सवारीसाधन बीमालेखको बीमांक रकमको फरक रकम भुक्तानी गरिनेछ । दैनिक सवारी भाडा÷यातायात खर्च लाभअन्तर्गत व्यापक सवारीसाधन बीमाअन्तर्गत सवारीसाधन पूर्ण क्षति वा चोरी भएको अवस्थामा अधिकतम ३० दिनसम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिनसम्मको यातायात÷भाडा खर्च भुक्तानी गरिनेछ । यसरी भुक्तानी हुने दैनिक भाडा दर दुई र चारपाङ्ग्रे सवारी साधनको लागि फरक हुनेछ । साथै उक्त दैनिक भाडादर सवारी साधनको मूल्यअनुसार पनि फरक–फरक हुनेछ ।
यस बीमाअन्तर्गत बीमितले प्रत्येक लाभको लागि शून्य दशमलव १० प्रतिशतदेखि शून्य दशमलव ५१ प्रतिशतसम्मको बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ । यस बीमालेखअन्तर्गत बीमितले कुनै एक वा एकभन्दा बढी लाभहरू लिन पाउनेछन्, जसको लागि प्रत्येक लाभको लागि भिन्दाभिन्दै बीमाशुल्क लाग्नेछ र यस किसिमको बीमा शुल्क सवारीसाधनको व्यापक बीमालेखको लागि लाग्ने बीमाशुल्कबाहेकको अतिरिक्त शुल्क हुने कम्पनीले जनाएको छ । साथै व्यापक बीमालेखअन्तर्गको अधिक रकम र साल्भेज रकम यस बीमाले समावेश नगर्ने समेत कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया