राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्बीच सम्झौता
काठमाडौं ।
युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद्बीच बिहीबार काठमाडौँँमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले प्रत्येक प्रदेशका पाँचवटा पालिकास्तमा जम्मा ३५ समूहमा १६ देखि ४० वर्षसम्मका युवाहरूलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी तालिमप्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ र सोहीे उद्यमीहरूलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उद्यमी बन्न चाहने युवा र बैंकबीचको खाडल यो सम्झौतापछि हट्ने बताउँदै लाखौँ युवाहरू उत्पादनसँग जोडिई स्वारोजगार बन्ने बताए । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले यो तालिमले युवालाई व्यवसाय र सीप विकासको ज्ञान दिने हुँदा बैंकको कर्जा दुरूपयोग हुने जोखिम घट्ने बताए । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल तथा राष्ट्रिय युवा परिषद्का उपसचिव कमला ज्ञवालीले युवाहरूलाई यो कर्जाले उद्यमशीलताको विकास गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुंगाना, बैंकका उपकार्यकारी अधिकृतद्वय सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरू सरोज बस्नेत, राज्य लक्ष्मी खड्गी, युवा उद्यमी सञ्जालका संयोजक लोचन बस्नेत, कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया