Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजारमा करेक्सन

सेयर बजारमा करेक्सन

३० अंकले उकालो लाग्दा छ अर्ब ६९ करोडको सेयर खरिदबिक्री


काठमाडौं ।
सेयर बजारमा करेक्सन आएको छ । अघिल्लो दिन ९६ अंकले ओरालो लागेको सेयर बजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार भने ३० दशमलव ३३ अंकले उकालो लागेर १९ सय ६५ दशमलव ९६ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव एक अंकले उकालो लागेर तीन सय ७६ दशमलव ५६ अंकमा चढेको छ । यसदिन कुल दुई सय दुईवटा कम्पनीहरूको कारोबार भएका छन् । जसबाट ६४ हजार नौ सय ३८ पटकको सेयर कारोबारमा एक करोड २३ लाख ८२ हजार चार सय ८२ कित्ता सेयर किनबेच भएका छन् । उक्त परिमाणमा सेयर किनबेच हुुँदा कारोबार रकम छ अर्ब ६९ करोड ८८ लाख ७४ हजार तीन सय ५४ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा उपसमूहको कारोबार भएका छन् । जसमध्ये तीनवटा समूहको सूचक ओरालो लागेका छन् भने बाँकी नौवटा समूहको सूचक उकालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक २१ दशमलव छ अंकले उकालो लागेर १४ सय ७० अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि १४ दशमलव ६६ अंकले उकालो लागेर २१ सय २४ दशमलव ३६ अंकमा चढेको छ ।

निर्जीवन बीमा समूहको सूचक पनि ७५ दशमलव २५ अंकले उकालो लागेर नौ हजार दुई सय आठ दशमलव ७१ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि दुई सय दुई दशमलव ५५ अंकले उकालो लागेर १२ हजार सात सय ८१ दशमलव तीन अंकमा चढेको छ । यीबाहेक जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र लघुवित्त समूहको सूचक पनि क्रमशः २५ दशमलव १४, तीन दशमलव आठ, एक सय ४१ दशमलव ८७ र ३४ दशमलव ५३ अंंकले उकालो लागेका छन् । ट्रेडिङ समूहको सूचक भने यसदिन ३७ दशमलव ३३ अंकले ओरालो लागेर १८ सय ९४ दशमलव ७९ अंकमा झरेकोमा होटल र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः २३ दशमलव पाँच र शून्य दशमलव शून्य दुई अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको एनआईसी एसिया बैंकको सेयर मूल्य नौ दशमलव ९० प्रतिशतले बढेर सात सय ७७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनएमबी माइक्रोफाइनान्स लघुवित्त वित्तीय संंस्थाको सेयर मूल्य पनि छ दशमलव २२ प्रतिशतले बढेर ११ सय ९५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक कालिका पावर लिमिटेड, शिवम् सिमेन्ट आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य नौ दशमलव ८७ प्रतिशतले घटेर चार सय ८४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको युुनाइडे मोदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि नौ दशमलव ८५ प्रतिशतले घटेर दुई सय ९३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक बेस्ट फाइनान्स, साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेड आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको एकैदिन प्रतिकित्ता २१ सय ३८ रुपैयाँ अन्तिम मूल्यमा ७२ करोड ८८ लाख ६९ हजार नौ सय १० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता १३ सय ९० रुपैयाँ अन्तिम मूल्यमा ५७ करोड ३९ लाख १२ हजार चार सय ५२ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, नबिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया