Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र महिला उद्यमी महासंघबीच सम्झौता

सिटिजन्स बैंक र महिला उद्यमी महासंघबीच सम्झौता


काठमाडौँ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महिला उद्यमी महासंघबीच सम्झौता भएको छ । बैंकले नेपालकाबीच अनुदानित महिला उद्यमी कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात् महिला उद्यमी महासंघ, नेपालको सिफारिसमा बैंकले महिला उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ ।

महिला उद्यमशीलता कर्जा १५ लाखसम्म सहुलियतपूर्ण दरमा प्रदान गरिनेछ । महिला उद्यमशीलताको विकाशको हेतु चाहिने आर्थिक आवश्यकताको मागलाई सम्बोधन गर्न यो सम्झौता फलदायी हुने विश्वास बैंकले लिएको छ । सम्झौताले महिला उद्यमीहरूको पहिचान गर्न बैंकले भोग्नुपरेको कठिनाइलाई मत्थर पार्न सहज हुनेछ ।

राज्यले लिएको विभिन्न किसिमका कर्जाहरूको सजिलो ढंगले उत्साहपूर्ण किसिमले प्रवाह गर्न बैंकले देशैभरि छरिएका एक सय नौवटा शाखाहरूबाट विभिन्न शीर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ ।बैकले देशैभरि फैलिएका आफ्ना एक सय नौवटा शाखा, ९८ वटा एटीएम र एक सय चारवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब साढे छ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

कोरोना भाइरस (कोभिड १९)को महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालली गरेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया