Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्फ्रास्टक्चर बैंकले पायो साधारण सेयर जारी गर्ने अनुमति

नेपाल इन्फ्रास्टक्चर बैंकले पायो साधारण सेयर जारी गर्ने अनुमति


काठमाडौं ।
नेपाल इन्फ्रास्टक्चर बैंकले साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति दिएको हो । हाल १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुुग्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया